पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाद्वारा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना

काठमाडौं, पुस २७ ।आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाद्वारा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरिएको छ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डा भद्रकालीमा विशेष समारोहकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार केन्द्रको उद्घाटन गरेका हुन्।

पृथ्वी

उक्त अध्ययन केन्द्रमा पृथ्वीनारायण शाहसँग सम्बन्धित विभिन्न ऐतिहासिक सामग्री अध्ययन तथा अनुुुुुुुगमनका लागि राखिएको छ।

aawash steels

 

सो अवसरमा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको सालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए।

यस्तै २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा गत मंगलबारदेखि सुरु भएको नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा जंगीअड्डा आइपुगेको छ।

 

सेनाको पहिलोपटक गठन भएका पाँच युनिटका झण्डा, राष्ट्रिय झण्डा र टर्च लिएर पदयात्रा गोरखा दरबारबाट सुरु भएको थियो। उक्त पदयात्रामा पृथ्वीनारायण शाहकालीन पोशाकमा बाजागाजासहित ४० सैनिक यात्रामा सहभागी थिए।

राज्य एकीकरणका क्रममा पृथ्वी नारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न सेनाले पदयात्रा गरेको हो।

पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रिय कविता प्रतियोगिता पनि आयोजना गरेको थियो । उत्कृष्ट १० कविहरुलाई सोमबार जंगीअड्डामा प्रमाण पत्र तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…