बुधबार रातिसम्मकाे माैसम अनुमान यस्ताे छ

siddhartha wheel mart

काठमाडौं, पुस २७ ।केही दिनयता नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन। माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (सोमबार बिहान) प्रदेश १ र प्रदेश २ का केही स्थानमा माैसम आंशिक बदली छ।

आज राति भने प्रदेश १ र प्रदेश २ का एक/दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेकाे महाशाखाले जनाएकाे छ।

महाशाखाले साेमबार बिहान ६ बजे  आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ-

aawash steels

‘देशका विभिन्न भूभागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा बिहानको समयमा हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’

महाशाखाका अनुसार बुधबार रातिसम्मकाे माैसम अनुमान यस्ताे छ :

super kinetic courier

पुस २७ गते (सोमबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना छ भने बाँकी अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २८ गते (मंगलबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस ९ गते (बुधबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…