भायानेट कम्युनिकेसन प्रालिका ग्राहकहरूको तथ्यांकमा अनधिकृत रुपमा पहुँच पुर्‍याउने एक व्यक्ति पक्राउ

काठमाडौं, पुस २६ ।इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिका ग्राहकहरूको तथ्यांकमा अनधिकृत रुपमा पहुँच पुर्‍याइ फेसबुक, इन्स्टाग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा स्क्रीप्ट सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने वर्ष १७/१८ का युवक परिवर्तित नाम ‘नरपिचास’ लाई पक्राउ गरेको जनाएको छ।

ती युवकले भायनेटको विद्युतीय संयन्त्रमा अनधिकृत रुपमा पहुँच राखी ‘डाटा ब्रेक’ गरी ‘नरपिचास’ नामको ट्वीटर ह्याण्डल लगायत फेसबुक, इन्स्टाग्राम समेतको माध्यमबाट स्क्रीप्ट सार्वजनिक गरेको ब्यूरोले जनाएको छ।

aawash steels

उनको सो कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद–९ बमोजिमको कसुर भएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय, बुटवल समेतको सहयोगमा व्यूरोबाट खटिएको टोलीले बुटवलबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…