
दोलखा, पुस २६ ।दोलखाको कालिन्चोक गाउँपालिकाका वडा अध्यक्ष रुखबाट लडेर वडा गम्भीर घाइते हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष केशव ठकुरी घाइते हुनुभएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिनुभयो ।
घाइते ठकुरीलाई दोलखा स्थित दोलखा अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको छ । घाँस काट्न रुख चढ्नुभएका वडा अध्यक्ष ठकुरी एक्कासी लड्नुभएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।