पाकिस्तानमा मध्यरातदेखि पूरै देशभरि विद्युत् आपूर्ति बन्द

काठमाडौं, पुस २६ ।पाकिस्तानमा शनिवार मध्यरातदेखि पूरै देशभरि विद्युत् आपूर्ति बन्द भएर अन्धकार भएपछि केही स्थानमा बिजुली आउन थालेको छ।

राजधानी इस्लामाबादसहित मुख्य सहरहरू लाहोर र कराचीमा पनि स्थानीय समयानुसार मध्यरातपछि एक्कासि बिजुली गएको थियो।

देशका ऊर्जामन्त्रीले बत्ती जानुको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।

aawash steels

आइतवार बिहानै ट्वीट गर्दै ऊर्जामन्त्री ओमार अयुब खानले लेखेका छन्, “विद्युत् प्रसारण प्रणालीमा एक्कासि आएको समस्याको कारण देशैभरि बिजुली गएको हो।”केही बेरपछि खानले पेशावर सहरसहित केही क्षेत्रमा बिजुली पुन: आएको बताए।

पाकिस्तानमा बिजुली जानु असामान्य कुरा होइन तर अहिलेको जस्तो देशैभरि र लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएको थिएन।

अस्पताल, ठूला व्यापर गृह र धनाढ्य परिवारमा बिजुली आपूर्तिका लागि डिजेलबाट चल्ने जेनरेटर प्रयोग गरिन्छ।

चरम अभावका कारण पाकिस्तानमा बिजुली आपूर्ति नियमित रूपमा हुँदैन। केही क्षेत्रमा त प्रत्येक दिन थुप्रै घण्टा बिजुली हुँदैन।

बिजुली जाने समस्याका कारण यसअघि सडकमा प्रदर्शनहरू पनि भएका थिए।

सन् २०१३ मा दक्षिणपश्चिम बलोचिस्तान प्रान्तमा रहेको विद्युत् केन्द्रमा प्राविधिक समस्या आउँदा पाकिस्तानको विद्युत सञ्जाल बिग्रिएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…