अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड कायम

siddhartha wheel mart

काठमाडौं, पुस २६ ।संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ। एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ।

प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको ज्यान गएको बताइएको छ।

यहाँको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा पनि चार हजार १८० जनाको यो सङ्क्रमणबाट निधन भएको छ।

aawash steels

त्यस दिनमात्र यो सङ्क्रमणका २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन्। यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको यहाँको स्वास्थ्यसम्बन्धी निकाय सिडीसीले जनाएको छ।

सिडीसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु भएको हो।। शुक्रबारको तथ्यांकअनुसार अमेरिकाका करिब १ लाख ३२ जना नागरिक कोभिडको संक्रमणका कारण विरामी भएर अस्पतालमा नै रहेका छन् ।

super kinetic courier

नयाँ वर्ष शुरु भएपछिको पहिलो हप्तामा नै अमेरिकामा २३ हजार ८३ जना कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ। यसका कारण यहाँ पछिल्ला दिनहरुमा यो संक्रमणको त्रास थप बढेको पनि अधिकारीहरुले जनाएका छन्।

यो हप्ता भित्रमा अमेरिकाका विभिन्न १६ वटा राज्यमा कोभिडका संक्रमितहरु बढेका छन् र उनीहरुमध्ये केहीलाई कडा लक्षणहरु देखिएका कारणले अस्पताल नै भर्ना गरिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

अमेरिकामा अहिलेसम्ममा यो संक्रमणबाट दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। त्यसैगरी यो संक्रमणजन्य जटिलताका कारण यहाँका ३ लाख ६९ हजार जनाको ज्यान पनि गइसकेको बताइएको छ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार यहाँ शनिबारसम्मको तथ्यांकमा यो संख्या देखिएको छ। साथै पछिल्ला केही दिनहरुमा यहाँ संक्रमित हुने र मृत्यु हुने दर पनि बढेको देखिएको छ।

गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरी ९ करोड १० लाख भन्दा बढी सङ्क्रमित भएका छन्।

यस सङ्क्रमणको कारण विश्वभरी १९ लाख ३५ हजार भन्दा बढीको मृत्यु भएको छ भने ६ करोड ४४ लाख ९२ हजार ५९७ जना कोरोना मुक्त भएका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा

काठमाडौं,फाल्गुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका…

प्रधानमन्त्री ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

काठमाडौं,फाल्गुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाए

काठमाडौं,फाल्गुन १६ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्। आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री…

नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक…

काठमाडौं,फाल्गुन १६ । नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय…

मिस नेवाः बनिन् कृषा महर्जन

काठमाडौं,फाल्गुन १६ । राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको…