पत्नीको उपचारका लागि भारत गएका प्रचण्ड स्वदेश फर्किए

siddhartha wheel mart

काठमाडौं, पुस २५ ।पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारत गएका प्रचण्ड स्वदेश फर्किएका छन्।

अध्यक्ष प्रचण्ड शनिबार अपरान्ह ४ बजे नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्किएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जनाकारी दिए।

अध्यक्ष प्रचण्डको स्वागतका लागि पूर्वमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन र प्रचण्डको सचिवालयका केही सदस्य लिन त्रिभुवन विमानस्थल पुगेका थिए।

aawash steels

सीता दाहालको अहिले मुम्बईकै न्युरोजेन ब्रेन एन् स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको प्रचण्डको सचिवालयले जनाएको छ।

सीता दाहालको स्वास्थ्यमा केही सुधार आएपछि प्रचण्ड स्वदेश फर्किएका हुन्।

super kinetic courier

दाहाल प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छन्। उनको यसअघि सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल, अमेरिकाको जोन हकिन्स अस्पताल र भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठमा लगेर आयुर्वेदिक विधिबाट पनि उपचार गरिएको थियो।

भारत लानुअघि पनि दाहालको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…

सर्वोच्च अदालतले नेकपाको नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला

काठमाडौं,फाल्गुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको…

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…