टोखास्थित एक दम्पती मृत फेला

काठमाडौं, पुस २५ ।काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती मृत फेला परेका छन्।

शुक्रबार राति पौने ९ बजे सुदीक्षा गिरी र उमेश केसी मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए। दुवै जना इन्जिनियर थिए।

उमेशको शव ग्रिन भिलास्थित आफ्नै कोठाभित्र पल्टिरहेको र उनकी पत्नी सुदीक्षा झुन्डिएकाे अवस्थामा फेला परेका हुन्।

aawash steels

प्रहरीका अनुसार घटनास्थलमा सिलौटो फेला परेको छ भने त्यसमा रगत लतपतिएको छ। उमेशको हत्या त्यही सिलौटोले हानेर गरेको हुन सक्ने प्रहरीको अनुमान छ। सुदीक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेपछि आफू झुन्डिएकाे हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तर शवकाे पाेस्टमार्टम गरिसकेपछि मात्रै केही कुरा खुल्ने प्रवक्ता विष्टले बताए। पाेस्टमार्टमका लागि दुवै शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…