कोरोना भाइरसको नयाँ प्रजातिको द्रुत गतिमा बेलायतमा संक्रमण फैलियो

siddhartha wheel mart

काठमाडौं, पुस २५ ।कोरोना भाइरसको नयाँ प्रजाति देखिएको बेलायतमा संक्रमण द्रुत गतिमा फैलिरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जनाको मृत्यु भएको छ भने ६८ हजार ५३ जना संक्रमित भएका छन्।

एक दिनमा थपिएको संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च रहेको बेलायतको हेल्थ एन्ड सोसल केयर विभागले जनाएको छ।

aawash steels

कोरोना महामारीले भयावह रूप लिन थालेपछि बेलायतको राजधानी लन्डनमा संकटकाल घोषणा गरिएको छ। महामारी नियन्त्रणका लागि भनेर लन्डनका मेयर सादिक खानले शुक्रबार संकटकालीन अवस्था घोषणा गरेका हुन्।

उनका अनुसार राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अधिकारी, स्थानीय काउन्सिलका नेता, जनस्वास्थ्य इङल्यान्डका अधिकारी र आकस्मिक सेवाका अधिकारीसँग परामर्शपछि संकटकाल घोषणा गरिएको हो।

super kinetic courier

लन्डनमा गत हप्ता कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने व्यक्तिको संख्या २७ प्रतिशत बढेको छ।

भेन्टिलेटरका राख्नुपर्ने बिरामीको संख्या ४२ प्रतिशत बढेको छ। एक सातामा करिब १ हजार मानिस भेन्टिलेटरमा थपिएका छन्। दिनहु“ लन्डनमा अस्पताल भर्ना हुने संख्या पनि करिब १ हजारर हाराहारीमा छ।

यस्तो संकटकालीन अवस्था लन्डनमा सन् २०१७ मा ग्रेनफेल टावरमा आगलागी हुँदा, सन् २०१६ वेस्टमिन्स्टर पुलमा आतंककारी आक्रमण हुँदा र क्रोयडनमा ट्राम दुर्घटना हुँदा घोषणा गरिएको थियो ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

१३ फागुन डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९…

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी…

भारतले चतुर कदम चालेर नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने:सुब्रमण्यम…

काठमाडौं,फाल्गुन १३ । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यम स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन्।…

ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन…

काठमाडौं,फाल्गुन १३ । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्। वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…