विभिन्न कारणलाई ध्यानाकर्षण गर्दै आज पनि बैंक खुल्ने

siddhartha wheel mart

काठमाण्डौ, पुस २५ ।आज शनिबार पनि बैंक खुल्ने भएका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई ध्यानाकर्षण गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुल्ला गर्न निर्देशन दिएपछि बैंक खुल्ने भएका हुन् ।

कोरोना महामारीका कारण चालु आर्थिक वर्षको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ ।

aawash steels

यही ताकेतापछि राजस्व बुझाउने क्रम बढेको छ । यसलाई थप सहज बनाउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो । यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति लिएर मात्रै विद्युतीय बैंकिङ्गको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्कसम्बन्धी पूर्व जानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग जस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको हो ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

ओली पक्षले प्रचण्ड–माधव समूहका सांसदहरुलाई बैठकमा आउन गर्यो आमन्त्रण

काठमाडौं, फाल्गुन २१ । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका…

प्रधानमन्त्री ओली शिलान्यास तथा उद्घाटनमा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई विष्णु…

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास तथा उद्घाटन कार्यक्रममा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘झटारो’ (शाब्दिक) हानेका छन्।…

सरकारसँग सहमति भएपछि नेेेेेेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक

काठमाडौं,फाल्गुन २१ । सरकारसँग सहमति भएपछि यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएका छन्। आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै…

ज्याेति लाइफकाे आईपीओ बिक्री खुला

फागुन २१ | ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज शुक्रबार (फागुन २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजीको ३०…

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (शुक्रबार) संसदीय दलको वैठक बस्दैछ । अब बन्ने नयाँ सरकारमा सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध…