नान्सी पेलाेसीले राष्ट्रपति डाेनाल्ड ट्रम्पले तुरुन्त कार्यालय छाड्ने दाबी

siddhartha wheel mart

काठमाडौं, पुस २५ ।अमेरीकी संसद्की प्रवक्ता नान्सी पेलाेसीले राष्ट्रपति डाेनाल्ड ट्रम्पले तुरुन्त कार्यालय छाड्ने दाबी गरेकी छन्।

स्वेच्छाले नहटे उनलाई सांसदले कारबाही गर्ने पनि पेलाेसीले बताएकी छन्।

यस क्रममा उनले ५० वर्षअघि राष्ट्रपति निक्सनले जिद्दी गर्दा कसरी राजीनामा दिन बाध्य पारिएकाे थियाे भन्ने स्मरण गराइन्।

aawash steels

प्रवक्ता पेलाेसीले आज राष्ट्रपति ट्रम्पले ठीक त्यस्तै राष्ट्रद्रोही काम गरेकाे आराेप पनि लगाइन्। उनले संसद्का रिपब्लिकन सिनेटले त्याे उदाहरण दिँदै ट्रम्पलाई राष्ट्रपतिकाे कार्यालय ह्वाइट हाउस छाड्न आग्रह गरेकाे जानकारी दिइन्।

गत बुधबार एक समूहले अमेरिकी संसद् भवनभित्रै छिरेर हिंसात्मक आक्रमण गरेको थियो। जतिबेला सांसद नवनिर्वाचित राष्ट्रपति जाे बाइडेनकाे जितलाई प्रमाणित गर्ने विषयमा छलफल गरिरहेका थिए।  त्यस झडपमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ भने घाइते प्रहरी अधिकारी ब्रायन डी सिकनिकको पनि उपचारका क्रममा निधन भएको छ।

प्रवक्ता पेलोसीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कारबाही हुने बताएकी छन्।

त्यो आक्रमण बाइडेनकाे विजय अस्वीकार गरिरहेका ट्रम्पकै उक्साहटमा भएकाे आरोप लगाइएको छ तर ट्रम्पले ती मानिस आफ्ना समर्थक नभएको दाबी गरेका छन्।

त्यसयता ट्रम्पको व्यापक आलोचना भइरहेको छ भने अमेरिकी सांसदले उनलाई तुरुन्त कार्यालय छाड्न अन्यथा महाभियोग लगाउने चेतावनी दिइरहेका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…