
काठमाडौं ,पुस २४ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै, कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभरी ५ हजार २१ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै, नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५ सय ६१ पुगेको छ ।
शुक्रबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै, कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ३८ जना क्वारेन्टाइनमा छन् ।
गत २४ घण्टामा ५ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै, नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।