करदाताहरूले अब राजस्व इ–सेवाबाट नै दाखिला गर्न सकिने

siddhartha wheel mart

काठमाडौं, पुस २४ ।करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इ–सेवाबाट नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ।

अबदेखि करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इ–सेवाबाटै बुझाउन सकिने भएको हो। इ–सेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ।

इ–सेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सकिनेछ भने इ–सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इ–सेवा जोन तथा इ–सेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ।

aawash steels

इ–सेवामार्फत कर भुक्तानी गर्न सकिने सुविधाबारे इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उद्देश्य राखेको थियो। सरकारको यो नीतिलाई हामीले कार्यान्वयन गर्ने अभियानमा छौँ।’

यसै सम्बन्धमा सबै सरकारी कार्यालयको भुक्तानीलाई पनि डिजिटल भुक्तानीको माध्यममा जोड्दै नगदरहित अभियानलाई अगाडी बढाएको उनले बताए।

super kinetic courier

हाल यो सेवा इ–सेवाको वेब भर्जनमा मात्र उपलब्ध भए पनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको भनाइ रहेको छ।

इ–सेवामार्फत कर तिर्नका लागि सर्वप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ। त्यसपछि करदाताको पोर्टलमा गइ बायाँतर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्स्पेयर लगइनमा क्लिक गर्नुपर्नेछ। त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्नेछ।

त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखि आफुले बुझाउन चाहेको करको प्रकार, राजस्व शिर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ। सोही गरिसकेपछि आर्थिक वर्ष छनोट गरि जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ। उक्त ट्रान्जेक्सन कोड टिपेपछि इ–सेवामा क्लिक गरि इ–सेवाको वेभसाइट खोल्नु पर्नेछ। त्यसपछि फाइनान्सियल कम्प्टोलर जनरल अफिसमा क्लिक गर्नुपर्नेछ। त्यसपछि आफुले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरि कर भुक्तानी गर्न सकिनेछ। आफुले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेभसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पूरा भएको भनेर देखिनेछ।

इ–सेवाबाट इन्सुुुुुुुुरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इ–सेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

काठमाडौं,फाल्गुन २५ । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ। हरेक साता शुक्रबार र…

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…