
काठमाडौं, पुस २४ ।सेञ्चुरी कमर्सियल बैंकले आज बैंकको दुईवटा मस्कट सार्वजनिक गरेको छ।
बैंकको व्यवसायलाई प्रवर्द्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार विस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो।
यसपश्चात् सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रक्रियाबारे सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउनेछन्।
सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्दत पुग्ने विश्वास लिइएको छ।