भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु

siddhartha wheel mart

काठमाडौं, पुुुुुस २४ ।भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशको बुलन्दसहरमा विषाक्त रक्सी सेवनका कारण पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सिकन्दराबादको कोतवाली क्षेत्रको जीतगढी गाउँमा विषाक्त रक्सी सेवन गरेर थुप्रै मानिस बिरामी भएका छन्। जसमध्ये १५ जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

aawash steels

गाउँलेले प्रहरीको मिलेमतोमा विषक्त रक्सी बेचविखन हुँदै आएको आरोप लगाएका छन्। घटनापछि रक्सी बिक्री गर्ने कुलदीप फरार रहेका छन्।

उक्त घटनालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न निर्देशन दिइसकेका छन्। स्थानीय अधिकारीहरु उक्त क्षेत्रमा पुगी रक्सी सेवनका कारण बिरामी परेकाहरुको आवश्यक उपचार गर्न निर्देशन दिइसकेका छन्।

super kinetic courier

प्रहरीको लापरवाहीका कारण विषाक्त रक्सी बेचविखन भइरहेको पाइएपछि प्रहरी चौकीका इन्चार्ज दीक्षित कुमार त्यागी, सह इन्चार्ज अनोखी पुरी लगायत केहीलाई निलम्बित गरिएको छ। यसका साथै यस घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…