एक वर्ष लगाएर काम सम्पन्न भएको ६ महिना पुरा नहुँदैदेखि धावनमार्गमा चिरा

siddhartha wheel mart

काठमाडौं, पुस २४ ।चार अर्ब २७ करोड खर्च लागतमा गतवर्ष मात्र परिवर्तन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ठाउँठाउँमा चर्किएको छ । करिब एक वर्ष लगाएर काम सम्पन्न भएको ६ महिना पुरा नहुँदैदेखि धावनमार्गमा चिरा देखिन थालेका छन् ।

५० वर्ष पुरानो तीन किलोमिटर लामो धावनमार्गको कालोपत्रे परिवर्तनको ठेक्का चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो । यसका लागि सरकारको बजेट होइन, यात्रुबाट उठाइएको विमानस्थल विकास पूर्वाधार करको चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको थियो।सो शीर्षकमा नेपाल आउने र जाने प्रत्येक यात्रुसँग एक हजार रुपैयाँ हवाई टिकटमै जोड्ने गरिन्छ ।

१८ चैत ०७५ बाट धावनमार्गको कालोपत्रे परिवर्तन सुरु गरेको कम्पनीले पुस ०७६ मा काम सकेर सरकारलाई हस्तान्तरण गरेको थियो । तर, धावनमार्गको दक्षिणतिरको साइटमा दर्जनभन्दा बढी ठाउँ फुटेको छ, कति ठाउँमा पानी पनि रसाउन थालेको छ ।

aawash steels

धावनमार्गको पिच भत्कनु गम्भीर विषय भएको नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशकको भनाइ छ । ‘विगतमा धावनमार्ग भत्किँदा ठूला जहाज उडान–अवतरणमै रोक लगाउनु परेको थियो,’ उनले भने, ‘पुरानो धावनमार्गमा पटकपटक यो समस्या आएपछि नयाँ पिच गरिएको हो । नयाँ पिचमा पनि एक वर्ष नबित्दै पुनः यस्तो समस्या आउनु गम्भीर विषय हो । यो समस्या बढ्दै गए विगतमा जस्तै आकाशमा जहाज घन्टौँसम्म होल्ड गरेर धावन मार्ग टालेर बस्नुपर्ने आवस्था आउनसक्छ ।’

भौगर्भिक अध्ययन गर्दा नै विमानस्थलको धावनमार्गको तल्लो सतहमा पानी बढी रहेको ठहर गर्दै डिएलपी (निर्माण सकिएपछि पनि निश्चित अवधिसम्म लिइने मर्मत–सम्भारको जिम्मेवारी) आवश्यक रहेको भन्दै सम्झौता भएको थियो । त्यसैले दुई बर्खासम्म धावनमार्गमा देखिएको समस्या ठेकेदारले समाधान गर्ने सर्त थियो । तर, मर्मत गर्ने मेसिन (मिलिङ’ समेत ठेकेदारले चीन पठाइसकेको छ । जसका कारण धावनमार्ग चर्किए पनि मर्मत हुन सकेको छैन।

super kinetic courier

ठेकेदार कम्पनीले दुई वर्ष बिग्रेको स्थानमा मर्मत गर्नुपर्ने भए पनि मर्मत गर्ने मेसिन एक वर्षअगाडि नै चीन पठाइसकेको छ ।

तर, आयोजना प्रमुख मुरारी भण्डारीले धावनमार्ग चर्किएको स्वीकार गरे पनि ठेकेदारले बदमासी गरेको भन्न नसकिने बताए । ‘ठेकेदारले बदमासी गरेको होइन, प्राविधिकभन्दा पनि भौगोलिक कारणले धावनमार्ग चर्किएको हो,’ उनले भने, ‘दुई बर्खासम्म मर्मत गर्ने जिम्मा ठेकेदारकै हो, उसले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…

केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् । राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि…

प्रतिनिधिसभा विघटन पछि आज पहिलो बैठक बस्दै

काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११…

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु

सुनसरी,फाल्गुन २३ । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले…