सेयरबजारमा आज ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच

siddhartha wheel mart

काठमाडौं, पुस २३ ।सेयरबजारमा आज ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बजार परिसूचक नेप्से १५.९१ अंकले र क वर्गका कम्पनीको परिसूचक सेन्सिटिभ ३.०८ अंकले बढेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको कारोबार भएको हो। दिनभरिमा ५० हजार ९ सय ३३ पटक खरिदबिक्री हुँदा १ करोड १७ लाख कित्ता सेयर बिक्री भएका छन्।

कुल १२ समूहको आज कारोबार भएको छ। त्यसमध्ये अन्यबाहेक बाँकी समूहको सूचक हरियो छ। आज व्यापार, निर्जीवन र उत्पादन समूहको कारोबार सूचक १०० भन्दा बढी पुगेको छ।

aawash steels

सेयरबजारमा आज प्रभु बैंकले सर्वाधिक ३१ करोड रुपैयाँको कारोबार गरेको छ। दोस्रो ठूलो कारोबारकर्ता भने नेपाल पुनर्बीमा कम्पनीको २७ करोडको, चिलिमे जलविद्युत् कम्पनीको २४ करोडको, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोडको र एनआईसी एसिया बैंकको २२ करोड रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…