टोखामा एक व्यक्तिमाथि चक्कु प्रहार गरी मोबाइल लुटपाट

siddhartha wheel mart

काठमाडौं, पुस २३ ।काठमाडौँको टोखा नगरपालिका–९ दीपज्योतीमा एक व्यक्तिमाथि चक्कु प्रहार गरी मोबाइल लुटपाट गरिएको छ।

सुर्खेत गुरुवाकोट नगरपालिका–६ घर भएका ती पुरुषको बुधबार राति अज्ञात समुुुुुुहबाट लुटपाट भएको हो।

४/५ जनाको समूहमा आएका अज्ञात व्यक्तिको समूहले ती पुरुषसहित दुई जनलाई चक्कु प्रहार गरी घाइते बनाएको र उनको साथमा रहेको मोबाइल लुटपाट गरी फरार भएका थिए। प्रहरीले दुई व्यक्तिमाथि चक्कु प्रहार गरेको भए पनि मोबाइल भने एक जनाको मात्रै लुटेको जनाएको छ।

aawash steels

लुटपाटको खबर पाउनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको जनाएको छ।

चक्कु प्रहारबाट घाइते भएका उनीहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

super kinetic courier

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…