सुनको मूल्य प्रतितोला रु एक हजार ३ सयले घट्यो

siddhartha wheel mart

काठमाडौं, पुस २३ ।स्थानीय बजारमा पहेंलो धातुको मूल्य बिहीबार प्रतितोला रु एक हजार ३ सयले ओरालो लागेको छ।

पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४ सयमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ। यो बुधबारका तुलनामा रु एक हजार ३ सयले कम हो।

aawash steels

छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७ सयमा कारोवार भएको थियो।

super kinetic courier

यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोही सुन बुधबार तोलामा रु ९६ हजार २ सयमा कारोवार भएको थियो। तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३ सयले घटेको छ।

यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ। प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ।

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…