नयाँ प्रजातिको कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी

siddhartha wheel mart

काठमाडाैँ, २३ पुस । बेलायतमा देखिएकाे नयाँ प्रकारकाे कोरोना भाइरसले त्यहाँकाे जनजीवन पुनः अस्तव्यस्त बनाएकाे छ । तीव्र संक्रामक मानिएकाे याे प्रकारकाे भाइरसका कारण त्यहाँ हालसम्मकै धेरै दैनिक संक्रमित र दैनिक मृत्यु संख्या रेकर्ड गरिएकाे छ ।

बुधबार एकै दिन बेलायतमा काेराेना भाइरसका कारण १ हजार ४१ जनाकाे मृत्यु भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । वर्षको अप्रिलपछिकै सर्वाधिक मृत्यु संख्या हाे । त्यहाँ एकै दिन ६२ हजार ३२२ जना संक्रमित भएका छन् । यससँगै बिहीबार बिहानसम्म बेलायतमा कुल काेराेना संक्रमित २८ लाख ३६ हजार ८०१ पुगेकाे छ  भने कुल मृतक संख्या ७७ हजार ३४६ पुगेकाे छ ।

बिबिसीका अनुसार बेलायतमा कोभिड- १९ को ‘न्यू भेरियन्ट’ देखिएपछि ‘मास टेस्टिङ’ सुरु गरिएको थियो । त्यसपछि एकैदिन ६२ हजार ३२२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण व्यापक बन्दै गएपछि हाल बेलायतमा देशव्यापी लकडाउन लागू गरिएको छ ।

aawash steels

परिवर्तित स्वरूपकाे काेराेनाका कारण गत वर्ष अप्रिल १२ सम्ममा देखिएको संक्रमणको गति भन्दा अहिलेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यहाँका  संक्रामक रोग विशेषज्ञ एन्ड्रिउ हेवार्डले संक्रमणका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…