आरडिटी किट खरिद पश्चात् फेरि सरकारले ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी

काठमाडौं, पुस २३ ।सरकारले र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडिटी) किट खरिद पश्चात् फेरि ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको छ। विज्ञहरूले भने एन्टिजेन खरिद गर्नुभन्दा पिसिआर परीक्षणमा जोड दिनुपर्ने बताएका छन्।

कोरोना भाइरसको द्रुत गतिमा परीक्षणका लागि यसअघि सरकारले आरडिटी किट खरिद गरेको थियो । त्यसले सत्य नतिजा नदिएपछि पिसिआर परीक्षणमै जोड दिएको थियो । तर, फेरि पनि आरडिटीजस्तै कोरोना भाइरसको द्रुत परीक्षणका लागि एन्टिजेन खरिद गर्न लागेको हो।

स्वास्थ्य मन्त्रालयले यहीँ पुस महिनामा तीन लाख र माघ महिनामा दुई लाख एन्टिजेन किट खरिद गर्न लागेको हो । एउटा एन्टिजेन किटको एक हजार रुपैयाँ पर्छ।

aawash steels

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अहिले तीन लाख एन्टिजेन किट खरिद गर्न लागेको बताए । ‘पिसिआरको रिपोर्ट तत्काल आउँदैन, एन्टिजेनको रिपोर्ट ३० मिनेटभित्र आउँछ,’ प्रवक्ता डा.गौतमले भने, ‘ननकोभिड सेवालाई पनि बलियो बनाउनुपर्छ । त्यसैले हालको अवस्थामा एन्टिजेन किटको प्रयोग आवश्यक छ ।’ पिसिआर परीक्षण र एन्टिजेनको प्रभावकारिता उस्तै भएको उनको भनाइ छ।

आरडिटी किटले शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए नभएको परीक्षण गर्छ भने एन्टिजेन परीक्षणबाट शरीरमा भएको कोरोना भाइरसको प्रोटिनको मात्रा पहिचान गरिन्छ। ‘एन्टिजेन किटका माध्यमबाट परीक्षण गर्दा पजिटिभ रिपोर्ट आए त्यसलाई कोरोना पजिटिभ नै मानिनेछ,’ प्रवक्ता डा.गौतमले भने, ‘परीक्षण गरिएको व्यक्तिमा संक्रमणको कुनै लक्षण छैन, एन्टिजेनमा नेगेटिभ रिपोर्ट आयो भने पिसिआर गर्नुपर्दैन ।

तर, एन्टिजेन नेगेटिभ आयो र सम्बन्धित व्यक्तिमा लक्षण छ भने पिसिआर परीक्षण गर्नुपर्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई चरणमा गरी पाँच लाख एन्टिजेन किट खरिद गरिनेछ । पहिलो चरणमा तीन लाख एन्टिजेन किट खरिद गर्न लागेको डा.गौतमले बताए । २४ पुसभित्र खरिदका लागि टेन्डर आह्वान गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनका लागि द्रुुत एन्टिजेन परीक्षण किटलाई २५ भदौमा स्वीकृति दिने निर्णय गरेको थियो ।

विज्ञहरूले भने एन्टिजेन किट खरिद गर्नुभन्दा पिसिआर परीक्षणमै जोड दिनुपर्ने बताएका छन् । भाइरसविज्ञ तथा जनस्वास्थ्य वैज्ञानिक डा.सन्तोष दुलाल एन्टिजेन किट खरिद गर्नु गलत भएको बताउँछन्।

‘एन्टिजेन किटले पजिटिभ व्यक्तिलाई पनि पूर्ण रूपमा पजिटिभ देखाउँदैन, नेगेटिभको त कुरै भएन,’ डा.दुलालले भने, ‘एन्टिजेन किटले कोरोनाको सिटी भ्यालु २५ भन्दा माथि भएको व्यक्तिलाई पजिटिभ देखाउँदैन । भर्खर संक्रमण भएको व्यक्तिलाई मात्रै यसले पजिटिभ देखाउने हो ।’ त्यसैले यो प्रभावकारी नहुने उनको भनाइ छ।

अहिले काठमाडौं उपत्यकामा मात्रै ३५ वटाभन्दा बढी कोभिड प्रयोगशाला सञ्चालनमा छन् । सरकारी प्रयोगशालाबाहेक सबैले ६ देखि आठ घन्टामा पिसिआरको रिपोर्ट दिँदै आएका छन् । पिसिआर परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…