आमाको त्यो चित्कार म कहिलै भुल्न सक्दिनँ, सन्तोषले भने

कैलाली, पुस २२ । कैलालीको लम्किचुहा नगरपालिका-४ कौवापुरकी ५० वर्षीया नन्दकली बिरामी भएर उपचार गर्न छोराको मोटरसाइकल चढेर नेपालगञ्ज गईकी थिइन्। तर घर फर्किनै नपाइ उनीलाई बाघले झम्टियो।

केही दिन यता उनी छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा आफ्नो २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकलमा चढेर चेकजाँच गर्न हिँडेकी थिइन्। उनलाई मधुमेह (सुगर) रोग थियो।

नेपालगञ्ज गएर छातिको सिटी स्क्यान गरे। डाक्टरलाई देखाए। उपचार सकिँदा दिन ढल्किसकेको थियो। नेपालगञ्जबाट हिँड्दा बेलुकाको ६ बजिसकेको थियो ।

aawash steels

सन्तोषले सुदूरपश्चिम प्रदेश १००८ प ६८०१ नम्बरको मोटरसाइकल चलाइरहेका थिए। पछाडि उनकी आमा नन्दकली बसेकी थिइन्।

करिब साढे ३ घन्टाको लामो यात्रापछि उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरे। जंगली जनावरबाट सुरक्षामा रहनका लागि निकुञ्ज भित्र चालकका लागि निश्चित गति निर्धारण गरिएको हुन्छ।

निकुञ्जको नियमानुसार सन्तोषले पनि मोटरसाईकलको गति घटाए। ‘मेरो मोटरसाईकलको गति त्यस्तै ३०–३५ सम्म थियो होला,’ सन्तोषले भने।

उनीहरू अम्रेनी चेकपोष्ट भन्दा ५/६ किलोमिटर अगाडि पुगेका थिए। सडकको उत्तरतर्फ अगाडि करिब १० देखि १५ मिटरको दुरीमा एक्कासी बाघ देखापर्‍यो। उनले मोटरसाईकल अझै स्लो गरे। ‘मोटरसाईकल फर्काएर भाग्न मिल्ने ठाउँ नै थिएन।

बाघले आफ्नी ममीलाई तानेर लगेको भन्दै खोजी कार्यमा सघाउन हारगुहार गरे। तर, त्यो निष्पट्ट अँध्यारोमा जंगलमा छिर्न कसैले साहस गरेनन्। गाडीबाट ओर्लनै डराए। बरू ट्रकका मानिसले मोटरसाईकल उठाउन र चाबी निकालेर राख्न सल्लाह दिए। अरू सवारी साधनमा मानिसले सुरक्षाको कारण सन्तोषलाई पनि त्यहाँ नबस्न सुझाव दिए।

गुडिरहेको मोटरसाईकलबाट मान्छे तानेर लाने नरभक्षी बाघको के विश्वास? सबैको सल्लाहमा सन्तोषलाई स्कर्पियोको मानिसले ५/६ मिटर पूर्वको अम्रेनी चेकपोष्टसम्म पुर्‍याउन सहयोग गरे।

निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई सन्तोषले सबै घटना विवरण सुनाए। उनीहरूले खोजीका लागि जान्छौं भनेर सन्तोषलाई शान्त्वना दिए। तर, खोजीमा गए नगएको उनले थाहा पाएनन्। रातभर सन्तोष निदाउन सकेनन् ।

उता घरमा सन्तोषकी श्रीमती चन्द्रा सुत्केरी थिइन्। उनको ९ दिन अघि मात्रै छोरा जन्मिएको थियो। सुत्केरी श्रीमती घरमा एक्लै थिइन्। साथमा मोबाइल नभएकाले सन्तोषले घरमा खबर पनि गर्न पाएका थिएनन् । शनिबार उज्यालो भएपछि बाघले झम्टिँदा दुर्घटनामा परेको मोटरसाईकल चेक पोष्टमा राखेर सुरक्षाकर्मीसँग सन्तोष आमाको खोजी गर्न गए।

खोजी गर्दा शनिबार मध्यान्ह १२ बजेतिर मात्रै नन्दकलीको शव क्षतविक्षत अवस्थामा फेला पर्‍यो। अनुहार र दुबै तिघ्राको फिला बाघले खाएको थियो। देब्रे खुट्टा बाघले शरीरदेखि अलग पारेको अवस्थामा थियो। त्यो सबै सन्तोषले हेर्न पनि सकेनन्।

‘कल्पना नगरेकै घटना भयो, मैले यस्तो होला भनेर कहिलै सोचेको थिइनँ,’ फोन सम्पर्कमा सुँक्क सुँक्क गर्दै सन्तोषले भने, ‘ममीलाई धेरै समय बचाउन उपचारका लागि अस्पताल लगेर गएको थिएँ, ‍बाटोमै अगाडि यति ठूलो बाघ थियो के गर्ने गर्ने भयो,’ उनले भने, ‘त्यहीँ बिचमा बाघ जंगलतिर गयो। मौका छोपेर गाडीको स्पिड बढाएर भाग्न खोजेको तर बाघले हामीलाई झुक्याएको रहेछ।’

त्यहीँ बेला बाघले एक्कासी उनीहरूको मोटरसाइकलमा झम्टियो। ‘ममीलाई झम्टिएर लग्यो,’ सन्तोषले भने, ‘त्यपसपछि ममीले एक पटक चिच्याएर ‘बाबू’ भन्नुभयो।’मोटरसाईकल सडकमा ढलिसकेको थियो। सन्तोषले पनि ममी–ममी भनेर कराए,रोए। तर उनको चित्कार बाघले सुनेन।

‘कराएपछि ममीलाई छोड्ला कि, भनेर म धेरै कराएँ,’ सन्तोषले भने, ‘तर, पापीले के छोड्थ्यो, त्यो अन्धकार रातमा कता लग्यो कता?’

सन्तोषका अनुसार बाघले सुरूमा उनैलाई टार्गेट गरेर झम्टिएको थियो। तर, उसको निसाना गुडिरहेको मोटरसाईकलका कारण चुक्यो। सन्तोषको दायाँ पट्टीको ज्याकेटको बाहुला च्यातिएको छ।

‘मलाई टार्गेट गरेर झम्टिएको बाघले बाहुला च्यातिपछि ममीलाई समात्यो र घिसार्दै लग्यो,’ सन्तोषले भने ‘मेरो होस नै भएन। के गरौं, के नगरौं भन्ने मनस्थितिमा पुगेछु। रूने कराउनेभन्दा अरू केही गर्न सकिनँ।’

झन्डै १०० मिटरको दूरीमा पछाडि ट्रक आइरहेको थियो। ट्रकको ढोका लगाएको भए पनि उनी रोईकराई गरेर ढोका खोल्न लगाए। त्यसपछि अन्य गाडी पनि पूर्वबाट आए।

बाटोमै बाघको निशानामा पर्दा ममीलाई गुमाउन पुगेँ।’

‘बाघले झम्टिएर लतार्दै लैजाँदा ममीले ‘बाबु’ भनेर गरेको पुकारले म अझैं झस्किरहन्छु,’ सन्तोषले भने, ‘आमाको त्यो चित्कार म कहिलै भुल्न सक्दिनँ। त्यो मेरो कानमा गुन्जिरहेको छ।’

लम्किबाट प्लसटु उत्तिर्ण गरेका सन्तोष घरको आर्थिक अवस्था र साहुको ऋण तिर्न भारत जाने तयारीमा थिए। तर, घरमा श्रीमती चन्द्रा दुई जिउकी भएकाले केही समयपछि जाने निर्णय गरेका थिए।

‘मेरो घरको मुल गार्जेन नै आमा हो,’ सन्तोषले भने ‘बुवा र दिदी रोजगारीका लागि इण्डिया बस्ने हुँदा घर व्यवहार सबै ममीले नै चलाउँदै आउनु भएको थियो।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयर माथि मुक्का प्रहार

बुटवल, असोज ४ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले…

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…