सिनर्जी कम्पनीले ‘मध्य होंगु खोला ‘ए’ आयोजनामा लगानी गर्ने

siddhartha wheel mart

काठमाडौं, पुस २२ ।सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले ‘मध्य होंगु खोला ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ। उक्त कम्पनीले आज भर्चुअल माध्यमबाट सञ्चालन गरेको साधारणसभामा जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा अवस्थित २२ मेगावाटको ‘मध्य होंगु खोला ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्ने बाटो खुलेको छ।

सो आयोजनामा कम्पनीले आफ्नो कम्पनीको कुल पूँजीको ४० प्रतिशत शेयर लगानी गर्ने भएको छ। उक्त आयोजनाले विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरीसकेको र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता पनि गरिसकेको छ।

कम्पनीले एकैपटक तीन आर्थिक वर्षको साधारणसभा भर्चुअल माध्यमबाट नैदसम्पन्न गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को साधारणसभा पनि सम्पन्न गरेको हो। भर्चुअल साधारण सभाले लाभांश वितरणसहितका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको चार दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद गरी कूल पाँच प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो।
सो प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको हो।

aawash steels

कम्पनीले आईपीओ निष्काशन गरिसकेपछि पहिलोपटक लाभांश प्रस्ताव गरेको हो। यसैगरी सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सडक विस्तार प्रकरण: आज ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौं, फाल्गुन १६ ।काठमाडौंमा सडक विस्तारका क्रममा विभिन्न आरोपमा गरिएका गिरफ्तारीविरुद्ध आज सोमबार बिहान ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने भएको छ। पत्रकार/लेखकसमेत रहेका नागरिक…

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा

काठमाडौं,फाल्गुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका…

प्रधानमन्त्री ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

काठमाडौं,फाल्गुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाए

काठमाडौं,फाल्गुन १६ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्। आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री…

नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक…

काठमाडौं,फाल्गुन १६ । नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय…