नैपालमा नै पहिलो पटक सुरेल समुदायको होमस्टे सञ्चालनमा ल्याइँदै

दोलखा, पुस २२ ।नेपालमा नै पहिलोपल्ट दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५ मा रहेको सुरेल वस्तिमा सुरेल समुदायको होमस्टे सञ्चालनमा ल्याउने भएको छ । नेपालकै सुरीमा मात्रै रहेको लोपन्मुख अवस्थामा पुगेको सुरेल वस्तीका ५ घरलाई होमस्टे सञ्चालनका लागि आवश्यक सामग्री प्रदान गरी होमस्टे सुरुवात गर्न लागेको हो ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले पर्यटनको विकास गरि पर्यटकलाई आकर्षण गर्ने तथा लोपोन्मुख सुरेल समुदायको जिवनस्तरमा सुधार ल्याउने उद्धेश्यका साथ आवश्यक सामग्री प्रदान गरिएको आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो ।

होमस्टे सञ्चालनका लागी आवश्यक पर्ने एउटा घरको एक कोठाको लागि २ वटा बेडको लागि पुग्ने २ थान सिरक, डस्ना, तकिया, तन्ना, चप्पल, डोरम्याट, डस्टविन, तौलिया, ह्याङ्गर, ऐना, रबर एस्ट्रे, कार्पेट र होमस्टे बोर्ड गरि प्रति घरधुरी २० हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको छ ।

aawash steels

सुरेल जातीको मौलिक रहनसहन, संस्कृतीलाई जोगाउन होमस्टे सञ्चालन पश्चात सहज हुने गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले यस अघि पनि होमस्टे सञ्चालनका लागी आवश्यक सामग्री सहयोग गरेको थियो ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…