मौसम सुध्रिएसँगै काठमाडौंको वायु प्रदूषण केही घट्याे तर अस्वस्थकर नै

siddhartha wheel mart

काठमाडौं, पुस २२ ।मौसममा सुधार आएसँगै काठमाडौको वायु प्रदूषणको मात्रा केही कम देखिएको छ तर यो अझै अस्वस्थ्यकर तहमै छ।

अमेरिकी दूतावासले काठमाडौंको फोहोरा दरबारमा राखेको वायु गुणस्तर मापक यन्त्रमा बुधबार (आज) बिहान ७ बजे वायु प्रदूषणको पीएम २.५ को मात्रा १७७ देखाएको हो।

हिजो (मंगलबार) यही समय (बिहान ७ बजे) यसको मात्रा २०३ थियो।

aawash steels

विज्ञका अनुसार पीएम २.५ को मात्रा १५० देखि २०० सम्म हुनु अस्वस्थ्यकर हावा हो। अनि यसको मात्रा २०० देखि ३०० सम्म हुनु चाहिँ एकदमै अस्वस्थ्यकर अवस्था हो।

पीएम २.५ले हावामा २.५ माइक्रोनभन्दा सानो प्रदूषणको कणलाई बुझाउँछ। यो निकै सानो हुन्छ। मानिसको रौंको चौडाइ ७५ माइक्रोन हुन्छ।

super kinetic courier

आज बिहानैदेखि मौसममा सुधार आएको छ। योसँगै वायु प्रदूषणको मात्रा पनि घटेर जाने अनुमान गरिएको छ।

विज्ञका अनुसार अहिलेको अवस्थामा फोक्सो र मुटुको समस्या भएका, पाको उमेरका बालबालिका तथा केटाकेटीले खुला ठाउँमा लामो समय वा कडा शारीरिक गतिविधि गर्न हुँदैन।

यस्तै अन्यले पनि खुला स्थानमा धेरै लामो समय काम नगर्ने र बेलाबेला आराम गर्न आवश्यक मानिन्छ।

सोमबार खतरनाक तहमा पुगेको काठमाडौंको वायुमा प्रदूषण मंगलबार केही सुधार भएको थियो।

स्वास्थ्य मन्त्रालय र वातावरण विभागले पनि सूचना जारी गरी वायु प्रदूषण बढेकाले सजगता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…

सर्वोच्च अदालतले नेकपाको नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला

काठमाडौं,फाल्गुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको…

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…