हङकङको कम्पनीले थप ३० लाख डलरको हिसाब मागेपछि सरकारको शरणमा सोल्टी होटल

siddhartha wheel mart

काठमाडौं, पुस २२ ।सोल्टी होटलको १० प्रतिशत सेयर स्वामित्व बेचेको हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले पहिले नै गरेको लगानी रकमको सावाँ र ब्याजको हिसाबकिताब पनि खोजेको छ।

आफ्नो १० प्रतिशत सेयर बिक्रीबापतको करिब ८० करोड रुपैयाँ लिएर २०७७ जेठ–असारमा बाहिरिएको उक्त कम्पनीले अहिले फेरि ३० लाख अमेरिकी डलरको हिसाबकिताब माग गरिरहेको सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए।

वि.सं. २०५४ सालमा होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले नेपालका विभिन्न स्थानमा होटल सञ्चालन गर्ने भन्दै ३० लाख डलर ल्याएको थियो। सोल्टी होटलकै चेनका रुपमा नेपालको पर्यटकीय गन्तव्यलाई हेरेर विभिन्न स्थानमा होटलहरु खोल्ने गरी उक्त लगानी नेपाल भित्र्याइएको थियो।

aawash steels

यसका लागि हङकङको कम्पनीले सोल्टीसँग थप होटल सञ्चालनसम्बन्धी सम्झौता समेत गरेको थियो। त्यहीअनुसार नेपालगन्ज र विराटनगरमा जग्गा खरिद गरिएको थियो।

यो योजनाअनुसार नेपालगन्जमा होटल सञ्चालनमा नै आयो भने विराटनरमा किनिएको जग्गामा होटल निर्माण भएन। अरु स्थानमा जग्गाको लागि बैना भए पनि खरिद भने भइसकेको थिएन। त्यतिबेला माओवादी र सरकार पक्षबीच युद्ध चलिरहेको थियो।

super kinetic courier

सोल्टी होटलमा तत्कालीन राजपरिवारकै लगानी रहेको र त्यही होटल जग्गा खरिदको लागि आएको भन्ने खुलेपछि जग्गा खरिदकर्ताहरु माओवादीको आँखामा परेका थिए र कतिपय ठाउँबाट लखेटिएका थिए।

पछि शान्ति प्रक्रिया सुरु भएपछि पनि यो योजना कार्यान्वयनमा आउन सकेन। अहिले हङकङको कम्पनीले त्यही बेलाको ३० लाख अमेरिकी डलरको हिसाब सोल्टीसँग माग गरेको हो। हङकङको कम्पनीले अहिले त्यो बेलादेखिको ब्याजसहितको हिसाब दिनुपर्ने माग गरेको छ।

हङकङको कम्पनीले त्यस बेलाको पैसा माग गरिरहेको जानकारी दिए।

२०५४ सालदेखिको ३० लाख डलरको ब्याजसहितको रकम विदेशी लगानीकर्ताले माग गरेपछि सोल्टी होटल सरकारको शरणमा पुगेको छ। सोल्टीका लगानीकर्ता रविभक्त श्रेष्ठले पनि लगानीस्वरुप आएको पैसा फिर्ता दिनुपर्ने भए पनि के कसरी दिने भनेर छलफल भइरहेको बताए।

‘त्यो दिनुपर्ने नै पैसा हो तर के कसरी जाने भनेर सरकारी निकाय र आन्तरिक रुपमा होटलमा पनि छलफल भइरहेको छ’, श्रेष्ठले भने, ‘त्यो धेरै ठूलो विषय हैन।’

उद्योग विभागमा भने सोल्टी होटलले त्यस बेलादेखिको ब्याजसहितको रकम दिन नसकिने जानकारी गराइसकेको छ।

लगानीको लागि आएको पैसा पूर्ण रुपमा लगानी नभएकोले के कसरी हिसाबकिताब गर्न सकिन्छ भन्दै होटलले विभागलाई सहजीकरण गरिदिन निवेदन हालेको हो।

निवेदन परेपछि उद्योग विभागले आफुसँग रहेको हङकङको कम्पनी र सोल्टी होटलका कागजातहरु अध्ययन गरिरहेको छ। विभागका एक अधिकारीले दुवै पक्षको लगानीसम्बन्धी फाइलहरु अध्ययन गरिरहेको जानकारी दिए।

‘त्यसरी लगानी विस्तार गर्ने भनेर ल्याएको पैसाको उल्लेख्य कागजातहरु त फेला परेको छैन’, ती अधिकारीले भने, ‘तर दुवै पक्षले स्वीकार गरिसकेको अवस्थामा यसलाई सल्टाउन केही सहज देखिएको छ।’

विभाग अहिले विदेशी लगानीकर्ताले पैसा नै फिर्ता गर्ने सोच बनाएको र जुन उद्देश्यले पैसा आएको हो, त्यसमा लगानी नभएकोले सकेसम्म सावाँ रकम दिने गरी सहजीकरण गर्न लागिपरेको छ।

विभागका ती अधिकारीले भने, ‘विदेशी लगानी आएर पुनः फिर्ता हुने विषय आफैँमा राम्रो कुरा होइन तर यो त लगानी नै नभएको भनिएको छ।’

‘लगानी नभएपछि नेपाली कम्पनीले त्यसको प्रतिफलसमेत दिनसक्ने कुरा त भएन’, उनले भने।

विभागले दुवै पक्षलाई राखेर छलफल गराउने तयारी भइरहेको तर कानुनी रुपमा पूर्ण दस्तावेजहरु नभएकोले अप्ठ्यारो परिरहेको जनाएको छ।

‘विभागले मध्यस्थता गर्ने हो, त्यहीअनुसार छलफल गरिरहेका छौँ’, विभागका अधिकारले भने।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

कोभिड-१९ को नयाँ प्रजातिको संक्रमण जनावरमा देखिन सुरु

२१ फागुन, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रजातिको संक्रमण बाख्रा, घोडालगायतका जनावरमा पनि देखिएको एक अध्ययनले बताएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानमा…

ओली पक्षले प्रचण्ड–माधव समूहका सांसदहरुलाई बैठकमा आउन गर्यो आमन्त्रण

काठमाडौं, फाल्गुन २१ । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका…

प्रधानमन्त्री ओली शिलान्यास तथा उद्घाटनमा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई विष्णु…

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास तथा उद्घाटन कार्यक्रममा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘झटारो’ (शाब्दिक) हानेका छन्।…

सरकारसँग सहमति भएपछि नेेेेेेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक

काठमाडौं,फाल्गुन २१ । सरकारसँग सहमति भएपछि यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएका छन्। आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै…

ज्याेति लाइफकाे आईपीओ बिक्री खुला

फागुन २१ | ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज शुक्रबार (फागुन २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजीको ३०…