भारतका पूर्व राष्ट्रपति मुखर्जीको दाबीः राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न प्रस्ताव गरेका थिए

काठमाडौं, पुस २२ ।भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको नयाँ पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालका तत्कालिन राजा त्रिभुवन वीर विक्रम शाहले नेपाललाई भारतमा गाभ्न प्रस्ताव गरेको दाबी गरिएको छ।

यद्यपी उक्त प्रस्ताव भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले अस्वीकार गरेको पुस्तकमा उल्लेख गरिएको छ।

पुस्तकका अनुसार राणा शासनको अन्त्यसँगै राजा त्रिभुवनले नेपाललाई भारतसँग गाभ्ने र नेपाल भन्ने भारतीय प्रान्त खडा गर्न प्रस्ताव गरेका थिए।

aawash steels

पुस्तकको ११ औं अध्यायमा ‘प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स्, डिफरेन्ट टेम्परामेन्टस’ शिर्षकमा मुखर्जी लेख्छन्,‘नेहरुको स्थानमा इन्दिरा गान्धी प्रधानमन्त्री भएको भए नेपाल भारतमा विलय भइसकेको हुन्थ्यो। उनले नेपाललाई सिक्किम जस्तो बनाउने थिइन्।’

पुस्तकका अनुसार नेहरुले नेपाल एक स्वतन्त्र राष्ट्र भएको र नेपाल सँधै सार्वभौम हुनुपर्ने सुझाव दिएका थिए।

गतवर्ष मात्र मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको थियो। मंगलबार मात्र उनको पुस्तक सार्वजनिक भएको हो।

१३ औं राष्ट्रपति मुखर्जीले सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपतीको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…