एप्पलले आफ्नो एपस्टोरबाट एक दिनमा हटायो ४६ हजार एप

एप्पलले आफ्नो एपस्टोरबाट एक दिनमा अहिलेसम्मकै धेरै एप्लिकेसनहरु हटाउने कीर्तिमान कायम गरेको छ ।

एप्पलले आफ्नो चाइना स्टोरबाट बिहिबार ३९ हजार वटा गेम एप्लिकेसनहरु हटाइदिएको हो । लाइसेन्स लिनका लागि दिइएको डिसेम्बर ३१ सम्मको समयसीमामा पनि लाइसेन्स नलिएका गेम एपहरु एप्पलले चिनिया एपस्टोरबाट हटाइदिएको हो ।

aawash steels

लाइसेन्स विहिन गेम एप्लिकेसनहरुमाथि चिनिया सरकारले सुरु गरेको कारवाहीसँगै एप्पलले उक्त कदम अगाडि बढाएको बताइएको छ ।

चाइना स्टोरका ३९ हजार गेम एप्लिकेसन सँगै एप्पलले आफ्नो एप स्टोरबाट बिहिबार कूल ४६ हजार एपहरु बिहिबार हटाइदिएको छ । समाचार अनुसार यसरी हटाइएका गेमहरुमध्ये Assassin’s Creed Identity तथा  NBA 2K20 लगायतका चर्चित गेम एपहरु समेत रहेका छन् ।

एप्पलको पछिल्लो कदमबाट एप स्टोरमा रहेका शीर्ष १५ सय सशुल्क एपहरुमध्ये केवल ७४ वटा मात्र बँचेका छन् ।

एप स्टोरलाई सबैभन्दा ठूलो अनलाइन गेम मार्केट मानिन्छ । एप स्टोरमा कायम रहनका लागि गत जुनको अन्त्य सम्ममा सम्बन्धित सरकारले प्रदान गरेको लाइसेन्स पेश गर्न एप्पलले सबै गेम एप प्रकाशकहरुलाई अनुरोध गरेको थियो । पछि उक्त समयावधि डिसेम्बर ३१ सम्म लम्ब्याइएको थियो । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…