
नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ को ड्राफ्टमा परेका छन्।
उनी पीएसएलको प्लाटिनम क्याटेगोरीमा परेका हुन्। सन्दीपसँगै २५ जना विदेशी खेलाडी परेका छन्।
सन्दीपसँगै वेष्ट इन्डिजका क्रिस गेल, क्रिस लेन, रसिद खान, मोइन, कोलिन इन्ग्राम, इमरान ताहिर, थिसरा परेरा, ईसुरु उडाना, मोहम्मद नावी, मुजिव उल रहमान जस्ता ठूला नाम ड्राफ्टको सुचीमा छ। खेलाडी छनोट जनवरी १० मा लाहोरमा हुनेछ।
लिगमा सहभागी हुने ६ वटा फ्रेन्चाईज क्लवले खेलाडी छनोट गर्नेछन्।
बगंलादेशका तीव्रगतिका बलर मुस्तफीजुर रहमान र सन्दीपले क्वारान्डर्सबाट खेलिसकेका छन्।
सन्दीप अहिले भने अस्ट्रेलियामा जारी बिगबास लिगमा होबार्ट हरिकेन्सबाट खेलिरहेका छन्।