इलाम मालपोत कार्यालयमा कर्मचारीले गरे विचौलिया रहित सेवाको सुरुवात

२१ पुस, इलाम । मालपोत कार्यालय इलामले  सेवाग्राहीको  सहज र पारदर्सी सुविधाको लागि विचौलिया रहित सेवा प्रवाहको व्यवस्था सुरु गरेको छ ।  कार्यालयका शाखा अधिकृत यादब राउत लगाएतका कर्मचारीले सेवाग्राहीको  कर्मचारीसंगको  सिधा सम्पर्कबाट बिना झन्झट सेवा प्रवाहको लागि यस्तो सुरुवात गरेका छन् ।

शाखा अधिकृत राउत

अधिकृत राउतले सेवाग्राहिले जग्गाको कारोबारको लागि आफु अनुकुल हुने गरि इन्टरनेटको माध्यमबाट निवेदन दिने प्रक्रिया रहेको जानकारी दिए ।   “उक्त प्रक्रियालाइ पब्लिक एक्सेस मोडेल भनिन्छ, यसबाट सेवाग्राहीले तोकिएको ढाचामा निवेदन लेखेर प्रिन्ट गरेर बुझाउन सकिन्छ”उनले भने ।

aawash steels

यस्तै भू-सेवा केन्द्र संचालन नियमावली २०७६ अनुसार संचालित भू-सेवा केन्द्र मार्फत निश्चित सेवा शुल्क तिरेर पनि जग्गाधनि सेवाग्राहीले  सेवा लिन मिल्ने व्यवस्था गरिएको छ । हाल उक्त भू-सेवा केन्द्र देशभरका १९ बटा कार्यालयमा रहेको यादवले बताए ।

यो व्यवस्थाले बिचौलियाको झन्झट हट्ने र सेवाग्राहीको कर्मचारीसंग सिधा सम्पर्क हुने हुदा सहज र पारदर्सी ढंगबाट सेवा प्रभाह गर्न निकै सहज हुने यादवको विस्वास छ ।

देशभरका मालपोत कार्यालय भ्रस्टाचारको अखडा बनिरहेका बेला शाखा अधिकृत यादब राउत र उनको समूहले गरेको यो सुरुवातको अहिले         देशभरि चर्चा भइरहेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…