प्राधिकरणको लापरवाही, जंगलमा करेन्ट लागेर भालु मर्‍यो

उदयपुर, पुस, २१।उदयपुरको कटारी नगरपालिका क्षेत्रमा पर्ने चुरे क्षेत्रको जङ्गलमा करेन्ट लागेर एउटा भालु मरेको छ।

डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको हाइटेन्सन लाइनको तारबाट जमिनमा करेन्ट प्रवाह हुँदा भालु मरेको हो।

डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युत्को तार चुरे जङगलका केही क्षेत्रको जमिनमा समेत प्रवाह हुने गरेको बताए। ‘जमिनमा करेन्ट प्रवाह हुँदा घुम्दै आएको भालु करेन्ट लागेर मरेको हो,’ उनले भने।

aawash steels

कतिपय ठाउँमा चिसो जमिन तथा हरिया रुख बिरुवा तारमा जोडिने गरेको कारण त्यस क्षेत्रमा जोखिम बढेको छ। विद्युत्को उचित व्यवस्थापन नहुँदा यस्ता घटना पटक–पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताए।

समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीको भनाई छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…