विमानस्थलमा बरामद ५० राउण्ड गोलि प्रहरीकै भएको आशंका

काठमाडौं, पुस २० ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको ५० राउण्ड गोली प्रहरीकै हुनसक्ने देखिएको छ। विमानस्थल सुरक्षा स्रोतका अनुसार गोलि प्रहरीकै ज्याकेटमा रहेको र पक्राउ परेका व्यक्तिका बुबा पूर्वप्रहरी रहेको खुलेको हो।

पूर्वप्रहरी नायव निरीक्षक (सई) रामचन्द्र राईको प्रहरी पोशाकमा उक्त गोली फेला परेको थियो।

उनका छोरा झापा मेचीनगरका २० वर्षीय बद्रिहाङ राई र श्रीमती मुनादेवी राईले घर जाँदा रामचन्द्रको ज्याकेट लगाएका थिए।

aawash steels

तर उनीहरुले ज्याकेटको गोजीमा गोलि भएको थाहा नपाएको बताएका छन्। रामचन्द्रले ज्याकेट ल्याइदिन भनेकाले उनीहरुले लगेजमा ज्याकेट लगेका थिए।

विमानस्थलमा सुरुमै ब्याग स्किनिङ गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो। त्यसक्रममा गोली रहेको पुष्टि भएको हो। उनीहरु १२ः३५ बजे श्री एयरलाइन्सको उडानबाट झापाको भद्रपुर जान लागेका थिए।

रामचन्द्र केही वर्ष पहिलेमात्रै नेपाल प्रहरीबाट अवकास भएका हुन्। उनको ज्याकेटको गोजिमा कसरी गोली रह्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ।

उक्त गोली एसएमजी (सर्ट मेसिन गन) र पेस्तोलमा प्रयोग हुन्छ। नेपाल प्रहरीले समेत सोही गोली प्रयोग गर्ने गरेको छ।

नेपाल प्रहरीले प्रयोग गर्ने गरेको गोली र पूर्वप्रहरीकै ज्याकेटमा भेटिएको हुँदा राईले आफू सेवामै रहँदा ती गोलीहरु कुनै ढंगबाट राख्न सफल भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
पक्राउ परेका बद्रिहाङलाई अहिले गौशाला वृत्तमा राखेर अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ वास्तोलाले बताए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…