काठमाडौं उपत्यकाको तापक्रम ह्वात्तै बढ्यो

काठमाडौं, पुस २० ।आइतबार भन्दा सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम सात डिग्री सेल्सियसले बढेको छ।

आइतबार बिहान २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम सोमबार बढेर ९ दशमलव ५ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति काठमाडौंको आकाशमा बादल लागेकाले आज बिहान तापक्रम बढेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। आज सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको छ। बिहान त्यहाँ माइनस ६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो।

aawash steels

‘पश्चिमी वायुको प्रभावका कारण यतिबेला देशैभरीको मौसम बदली भएको छ। आकाशमा बादल लागेकाले काठमाडौंको तापक्रम बढेको हो,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा वर्षासमेत सुरु भएको छ। तराईमा घाम लागेको छैन।’

देशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत सुरु

भएको छ। हिमपात भएका क्षेत्रमा हिचो बढ्दा जनजीवन कष्टकर बनेको छ।

सबैभन्दा धेरै वर्षा जुम्लामा भएको छ। त्यहाँ २३ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी वीरेन्द्रनगरमा ११.२ मिलिलिटर, डडेलधुरमा १०, धनगढीमा ९.७ र दिपायलमा ६.७ मिलिलिटर वर्षा भएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…