प्रधानमन्त्री कपको उपाधि प्रदेश १ लाई

siddhartha wheel mart

काठमाडौं, पुस १९ । दाङ्गको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । आईतबार भएको फाईनल खेलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो ।

१ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । ३२ रन बनाउन एपीएफले ५ विकेट गुमाएर खराब सुरुवात गरेको थियो ।

ओपनर ज्योती पाण्डेले १४ रन बनाएको ईनिङ्समा राजमती ऐरी शुन्य रनमा आउट भईन् । इन्दु वर्माले ७, सरिता मगरले ६ रन बनाईन् ।

aawash steels

ममता चौधरी र करुणा भण्डारीले छैटौ विकटका लागि ६४ रनको योगदान गर्दै एपीएफलाई जितको नजिक पुर्याएका थिए । तर अन्तिम ओभरमा सम्हालिन नसक्दा एपीएफ पराजित बन्यो ।

प्रदेश १ की रुविना क्षेत्री र अलिसा खनियाँले समान २ विकेट लिए । संगिता राईले एक विकेट लिईन् । प्रदेश नम्बर १ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो । निर्धारित ओभर खेल्दै प्रदेश १ ले ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

super kinetic courier

ओपनर अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाएको ईनिङ्समा काजोल श्रेष्ठले २९ रन बनाईन् । कप्तान रुविना क्षेत्रीले १८ रन बनाईन् । यस्तै, रोमा थापाले ३, निशा शाहले ५ तथा संगिता राई २ रनमा अविजित रहिन् ।

एपीएफकी सिता राना मगरले सर्वाधिक ३ विकेट लिईन् । करुणा भण्डारीले १ विकेट हात पारेकी थिईन् ।

उपाधिसँगै प्रदेश १ ले नगद ५ लाख प्राप्त गरेको छ । एपीएफले ३ लाखमा चित्त बुझायो । सेमिफाइनलमा पराजित लुम्बिनी र सुदूरपश्चिमले समान २५/२५ हजार प्राप्त गरेका छन् ।

कप

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…