करीना कपूरले सार्वजनिक गरिन् ड्रिम होम

काठमाडौँ, पुस १९ । बलिउड अभिनेत्री करीना कपूर खानको घरमा चाँडै नयाँ सदस्यको आगमन हुँदै छ। परिवारको नयाँ सदस्यको स्वागतको तयारी शुरू भइसकेको छ। उनले आफ्नो दोस्रो सन्तानका लागि मुम्बईस्थित नयाँ अपार्टमेन्टको डिजाइन मिलाई सकेकी छिन्।

करीना र उनका पति सैफ अली खानले नयाँ घरमा दोस्रो सन्तानको स्वागत गर्नेछन्। करीनाले आफ्नो ड्रिम घरको केही तस्बिर सार्वजनिक गरेकी छिन्। नयाँ घरको डिजाइन गरिरहँदा करीना केही काम गरेको अवस्थामा देखिएकी छिन्।

उनले तस्बिर सेयर गर्दै लेखेकी छिन्, “२०२१ को पहिलो सेटअप, मेरो मन परेको इन्टेरियर डिजाइनरको साथमा। यो मेरो ड्रिम होम हुनेछ।”

aawash steels

करीना र सैफले गत अगस्ट २०२० मा नै दोस्रो बच्चा हुन लागेको जानकारी दिएका थिए। करीनाले २०१६ मा पहिलो छोरा तैमुरलाई जन्म दिएकी थिइन्। उनले दोस्रो सन्तान छोरी होस् भन्ने चाहेकी छिन्।

उनी अभिनित नयाँ चलचित्र ‘लाल सिंह चड्डा’को गर्भवती अवस्थामा नै छायांकन गरेकी थिइन्। गर्भवती अवस्थामा छायांकनमा जाँदा पेट बढेको नदेखाउनका लागि भीएफएक्सको प्रयोग गरिएको थियो।

अद्वैत चन्दनको निर्देशनमा बन्न लागेको यो चलचित्रमा करीनासँगै आमिर खान, मोना सिंहलगायतका कलाकारको अभिनय छ। करीना यो चलचित्रमा मात्र नभएर करण जोहरको ‘तख्त’मा पनि देखिनेछिन्। यस चलचित्रमा रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, जाह्वनी कपूर, अनिल कपूरलगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…