बेलायतमा टिकटकविरुद्ध १२ वर्षीया बालिकाको उजुरी, के भन्छिन् उनी?

काठमाडौं, पुस १९ ।विश्वचर्चित भिडियो सेयरिङ एप टिकटकविरुद्ध १२ वर्षीया बालिकाको उजुरी परेको छ।

बेलायतमा टिकटकविरुद्ध बालिकाले उजुरी दिएकी हुन्।

उनले बालबालिकाको जानकारी अवैधानिक रुपमा प्रयोग गरेकाले टिकटकविरुद्ध कारवाही हुनुपर्ने माग गरेकी छिन्।

aawash steels

अदालतले यस विषयमा अनुसन्धान अगाडि बढेको खण्डमा बालिकाको पहिचान गोप्य राखिने बताएको छ।

ती बालिकाको भनाइप्रति बेलायतको बालबालिकाकी आयुक्त एनी लङफिल्डले एक्यवद्धता जनाएकी छिन्। यद्यपी बालिकाले डेटा अवैधानिक रुपमा प्रयोग भएको विषयमा कुनै प्रमाण दिएकी छैनन्।

टिकटकले प्रतिक्रिया स्वरुप १३ वर्षमुनीका बालबालिकाले टिकटकमा आवद्ध हुनै नपाउने आफ्नो नियम रहेको बताएको छ।

यद्यपी उमेर ढाटेर १३ वर्षभन्दा मुनीका बालबालिकाले टिकटकहरु प्रयोग गरेको पाइन्छ। बालबालिकाका अभिभावकले पनि बालबालिकालाई टिकटक प्रयोग गर्न प्रेरित गरेको देखिन्छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…