प्रजातान्त्रिक आन्दोलनकर्मी निरञ्जन कोइरालाको निधन

काठमाडौं, पुस १९ ।कोभिड संक्रमण देखिएपछि भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत् निरञ्जन कोइरालाको आइतबार बिहान निधन भएको छ।

केशव कोइराला र नोना कोइरालाका पुत्र निरञ्जन नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाका दाजु हुन्।

कृष्णप्रसाद कोइरालाका पाँच छोरा (मातृका प्रसाद, विश्वेश्वर प्रसाद, केशव प्रसाद, तारिणी प्रसाद र गिरिजा प्रसाद) मध्ये निरञ्जन केशवका छोरा हुन्।

aawash steels

‘मेरा आदरणीय दाजु निरुदा को आज विहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं। म आफु आजबाट अभिभावकविहीन भएको छु,’ डा. शेखर कोइरालाले सामाजिक सञ्जालमा भनेका छन्।

निरंकुश पंचायती शासनविरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी पनि हुन्।

तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकार समेत रहेका निरञ्जन पछिल्लो समय भारतको दिल्लीमा रहेर व्यवसायमा संलग्न थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…