
पुस १९ , नवलपुर। प्रदेश युवा संजाल-गण्डकी प्रदेशबाट दिगो बिकासका लागि राष्ट्रिय युवा संजाल नवलपरासीको संयोजकमा कृष्ण वाग्ले निर्बिरोध निर्वाचित भएका छन् ।
बिहिबार भएको प्रदेश युवा संजालको बैठकबाट वाग्लेलाई निर्बिरोध संयोजक बनाउने निर्णय भएको थियो ।
बैठकमा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजिब पहारीले नव निर्वाचित संयोजक वाग्लेलाइ खादा ओडाएर सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।