
काठमाडौं, पुस १८ ।महिमा दातला हैदरवादस्थित बायोलजिकल ई कम्पनीकी प्रबन्ध निर्देशक (एमडी) हुन्। उनको कम्पनीले सन् १९६२ देखि खोप बनाइरहेको छ। पछिल्लो १० महिनायता यो कम्पनी कोरोना भाइरसविरुद्ध खोप निर्माणमा जुटेको छ। भारतमा कोरोनाविरुद्ध खोप बनाइरहेका सात आठ कम्पनीमध्ये उनको कम्पनी (बायोलजिकल ई) पनि एक हो।
यसै क्रममा भारतीय पत्रिका दैनिक भास्करले उनीसँग कोरोनाविरुद्धको खोपले कति समयसम्म काम गर्छ त भनेर सोधेको छ। जवाफमा उनले भनेकी छन्, ‘कोरोनाविरुद्धको खोप लगाएपछि त्यसले कति लामो समयसम्म काम गर्छ भन्ने कुरा अहिल्यै भन्न सकिन्न। जब अलि लामो समयपछि यसका विस्तृत तथ्यांक आउँछन्, तब यसबारे धेरै जानकारी प्राप्त होलान्।’
यो खोप पोलियोविरुद्ध जस्तै धेरै वर्ष लगाइरहनुपर्ने हो कि?
एकपटक लगाएको खोपले कति दिन काम गर्छ, अहिले भन्न सकिन्न। अमेरिका र बेलायतमा अहिले खोप लगाउने क्रम जारी छ। यो मानव समुदायका लागि निकै खुसीको खबर हो। तर यसले कति दिनसम्म मानिसलाई सुरक्षित राख्छ, यसको विवरण अहिले आइसकेको छैन। यसका तथ्यांक आएपछि मात्र केही भन्न सकिन्छ।