दोलखामा २ सडक मानवको उद्दार

siddhartha wheel mart

दोलखा, पुस १६ । लामो समयदेखि सडकमा बास बस्दै आएका २ जनालाई सामाजिक अभियन्ताहरुको सक्रियतामा उद्दार गरिएको छ । जिल्ला सदरमुकाम चरिकोटबाट प्रेम कुसुले र अर्का एक जना परिचय नखुलेका नागरिकको उद्दार गरिएको हो । उनीहरुलाई नुहाईधुवाई गरेर नयाँ कपडा लगाएर जिल्ला प्रसासन कार्यलय दोलखा, भिमेश्वर नगरपालिकाका प्रतिनिधि, पत्रकार , मानव अधिकारकर्मी, सामाजिक अभियन्ता तथा बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको स्वयंसेवकको रोहवरमा जिम्मा लगाएर हेटौंडा पठाइएको उद्दारमा खटिएका सामाजिक अभियन्ता भरत रोन श्रेष्ठले  बताए । श्रेष्ठका अनुसार उनीहरु दुवैले मानसिक सन्तुलन गुमाएका छन् । उनीहरुलाई हेटौडामा सामाजिक मन्त्रालयको जिम्मा लगाईने छ ।

श्रेष्ठले भने, ‘सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र घोषणा गर्ने सरकारको लक्ष्य भएको हुँदा नागरिक स्तरबाट यो मानवीय कार्य भएको हो, दोलखामा यसले निरन्तरता पाउँछ’ । माघ ७ गते निवर्तमान बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माणका लागि जिल्ला समन्वय समिति (जिसस) को सहयोग आवश्यक रहेको बताएका थिए । सोमबार सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माण सम्बन्धी कार्ययोजना तयारी तथा समिक्षा गोष्ठीमा मन्त्री दुलालले अभियानलाई सफल बनाउन जिससको महत्वपुण भुमिका हुने बताएका थिए । हाल दुलालले मन्त्रिको जिम्मेवारीबाट राजिनामा दिईसकेका छन् ।

जिल्ला समन्वय समिति (जिसस) माहासंघ प्रदेश नम्बर ३ ले प्रदेश सरकारले अगाडी सारेको सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माणमा सहयोग गर्ने निर्णय गरेको थियो। जिसस मकवानपुरका प्रमुख एवम् महासंघका प्रदेश अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सिन्धुपाल्चोकको मेलम्चीमा बसेको महासंघको आठौं पुर्ण बैठकले प्रदेश सरकारलाई सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माणमा सहयोग गर्ने निर्णय गरेको थियो ।

aawash steels

प्रदेश ३ सरकारले निति तथा कार्यक्रममा नै उल्लेख गरेर प्रदेशलाई सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माण गर्ने लक्षय लिएको हुनाले प्रदेशको योजनामा सहभागि भएर जिससले पहलकदमी लिनु पर्ने निर्णय गरेको हो । प्रदेशका १३ जिल्ला मध्ये मकवानपुर जिल्ला तथा चितवनको भरतपुर र काठमान्डौं महानगरपालिका सहयोगापेक्षी सडक मानव मुक्त घोषणा भईसकेको तथा अन्य जिल्लाले प्रदेश सरकारको योजनालाई सफल बनाउने गरि काम अगाडी बढाउने निर्णय गरेको महासंघ प्रदेश अध्यक्ष खुलालले बताए ।

दोलखा

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…