सिरियामा आतंकवादीले थापेको एम्बुसमा पर्दा बसमा सवार २८ जनाको मृत्यु

siddhartha wheel mart

काठमाडौं, पुस १६ ।सिरियामा आतंकवादीले थापेको एम्बुसमा पर्दा बसमा सवार २८ जनाको मृत्यु भएको छ।

त्यहाँका सरकारी सेनाका अनुसार बुधबार दिर अल–जोर प्रान्तमा सर्वसाधारण चढेको बस एम्बुसमा परेको हो।

यस घटनाको जिम्मा अहिलेसम्म कुनै समुहले लिएको छैन। यद्यपी बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले यस घटनामा आइएस लडाकुको संलग्नता रहेको दाबी गरेको छ।

aawash steels

अब्जर्भेटरीका अनुसार यस आक्रमणमा सर्वसाधारण नभएर सेनाहरु मारिएका छन्। ३७ सेनाको मृत्यु भएको जनाइएको छ। तर सेना मारिएको विषयलाई सिरियाले पुष्टि गरेको छैन।

आइएस सिरिया र इराकमा गतवर्ष नै परास्त भएको घोषणा गरिएको थियो। यद्यपी केही क्षेत्रमा आइएस अझै सक्रिय रहेको र उसले दोहोर्याउँदै आक्रमणको घटना गराइरहेको छ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सर्वोच्च अदालतले नेकपाको नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला

काठमाडौं,फाल्गुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको…

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…

केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् । राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि…

प्रतिनिधिसभा विघटन पछि आज पहिलो बैठक बस्दै

काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११…