काठमाडौँको तापक्रम शून्य डिग्रीमा झर्‍यो

siddhartha wheel mart

काठमाडौँ, पुस १६ ।काठमाडौँको न्यूनतम् तापक्रम बिहीबार शून्य दशमलव ८ डिग्रीमा झरेको छ।

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै बिहीबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ। काठमाडौँसहित देशभर चिसो बढेको छ। तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम् तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो। काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए।

aawash steels

‘उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ’, मौसमविद् प्रधानांगाले भने।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…

केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् । राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि…

प्रतिनिधिसभा विघटन पछि आज पहिलो बैठक बस्दै

काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११…

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु

सुनसरी,फाल्गुन २३ । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले…