
काठमाडौं, पुुस १५ । अमेरिकामा यसै महिनादेखि कोरोनाविरद्धको खोप लगाउन सुरुवात गरिएको छ।
फाइजर–बायोएनटेक तथा मोडेर्नाको खोप भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित सावित भएको बताउँदै अमेरिकामा यी दुई खोपले प्रयोगका लागि अनुमति पाएका हुन्।
यद्यपी अमेरिकी क्यालिफोर्नियाको एक पुरुष नर्समा फाइजरको खोप प्रयोग गरेको एकहप्तामै कोरोना भाइरसको संक्रमण भएको छ।
एबीसी न्युजका अनुसार क्रिसमसको अघिल्लो दिनदेखि बिरामी परेपछि उनले कोरोना परीक्षण गराएका थिए। सो क्रममा उनमा कोरोना देखिएको हो।
खोप लगाएको व्यक्तिमा फेरि कोरोना देखिएको खबरसँगै मानिसहरु दोधारमा परेका छन्।
सरुवा रोग विशेषज्ञ क्रिस्टियन र्यामर्सका अनुसार फाइजर खोपको पहिलो डोजले ५० प्रतिशत सुरक्षा प्रदान गर्दछ भने दोस्रो डोजपछि हाम्रो शरीर कोरोनाविरुद्ध ९५ प्रतिशत कोरोना प्रतिरोधी हुन्छ।