चिनियाँ सिनोफार्मको खोप ७९ प्रतिशत प्रभावकारी, प्रयोगका लागि अनुमति माग्दै

काठमाडौं , पुस १५ ।चिनियाँ सरकारी औषधि निर्माता कम्पनी सिनोफार्मले निर्माण गरेको कोरोनाविरुद्धको खोप ७९ प्रतिशत प्रभावकारी देखिएको छ।

सिनोफार्मका अनुसार उनीहरुको खोप ७९.३४ प्रतिशत प्रभावकारी छ।

यसअघि यूएईको परीक्षणमा यही खोप ८६ प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो।

aawash steels

यद्यपी सिनोफार्मले आफ्नो खोप सुरक्षित भएको बताउँदै अब सरकारसँग प्रयोगका लागि अनुमति माग्ने बताएको छ।

सिनोफार्मले आफ्नो खोप ७९ प्रतिशत प्रभावकारी भएको बताइरहँदा अमेरिकी फाइजर र जर्मन कम्पनी बायोएनटेक संयुक्त रुपमा निर्माण गरेको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

अमेरिकाको मोडेर्नाको खोप पनि ९५ प्रतिशत प्रभावकारी बताइएको छ।

यी दुई खोपले अमेरिका, बेलायत लगायतका देशमा प्रयोगको लागि अनुमति पाइसकेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…