
काठमाडौं, पुस १५ ।राई, लिम्बुसहितका किराँत समुदायले आज उधौली पर्व मनाउँदै छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका यो पर्व मनाइन्छ।
किराँतभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा यो पर्वालाई उधौलीका नामले चिनिने किराँत संस्कृतिका जानकारुहरु बताउँछन्।
अन्नबाली भित्र्याएपछि आफ्ना इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नामको नाममा मनाउँछन्। बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ।
आज जातीय वेषभूषामा सजिएका किराँत समुदायका महिला पुरुषले च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै रमाइलो गर्ने परंपरा छ।