
काठमाडौं, पुस १४ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप ७०८ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ७३१ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ।
त्यस्तै गत २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगे हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४० पुगेको छ।