माथिल्लो तामाकोशीले पहिलो युनिटबाट चैतमा उत्पादन थाल्ने

siddhartha wheel mart

दोलखा, पुस १४ ।माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पहिलो युनिटबाट ७६ मेगावाट विद्युत यहि चैत महिना भित्र उत्पादन सुरु गर्ने जनाएको छ ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामावगरमा स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले यस अघि सार्वजनिक गरेको तालिका अनुसार यहि पुस महिनामा पहिलो युनिटबाट विद्युत उत्पादन गर्नुपर्ने थियो ।

आयोजना पुनः संशोधित तालिका सार्वजनिक गर्दै २०७७ फागुनमा सुरुङमा पानी भर्ने, चैतमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने र २०७८ असार भित्र बाँकी ५ वटा युनिटहरुबाट पनि विद्युत उत्पादन गर्ने जनाएको छ ।
आयोजनाको भैसे अडिट प्लग कार्य, माथिल्लो पेनस्टक अडिट प्लग कार्य, सर्ज सुरुङ अडिट प्लग कार्य, माथिल्लो पेनस्टक स्याफ्टको बेण्ड राख्ने कार्य, तल्लो र माथिल्लो पेनस्टक स्याफ्टहरु बीचको तेर्सो पेनस्टक कार्य र तल्लो तेर्सो पेनस्टक कार्यको निर्माण फागुन १६ गते सम्म सम्पन्न गर्ने जनाएको छ ।

aawash steels

उक्त ६ वटा मुख्य कार्यहरुको निर्माण सम्पन्न भएपछि हेडवक्र्स, मुख्य सुरुङ र पेनस्टकमा पानी भरी ती सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको प्राविधिक परिक्षण गर्ने आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । १५ दिन सम्म गरिने परिक्षण सफलतापुर्वक सम्पन्न भएपछि विद्युतगृहमा जडान गरिएका ६ वटा युनिटहरुको परिक्षण गरिनेछ ।

आयोजनाको बाँध, इन्टेक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, पेनस्टक स्याफ्टहरु, भूमिगत विद्युत गृहको सिभिल र हाइड्रोमेकानिकल कार्यहरु निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरि विद्युत गृहमा टर्वाइन, जेनेरेटर, ट्रान्सफर्मर लगाएतका सबै उपकरणहरुको जडान कार्य र गोंगरदेखी रामेछापको देवीटारसम्मको ४७ किलोमिर लामो प्रसारण लाईन निर्माण सकिएको छ । देवीटारमा निर्माणाधीन २२०/१३२ के.भी. क्षमताको सवस्टेशनमा उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ ।

super kinetic courier

आयोजनाको लट नम्बर २ (हाइड्रोमेकानिकल कार्य) को जिम्मा लिएको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरीङ लिमिटेडले पेनस्टक पाईप, गेटहरुलगायतका हाइड्रोमेकानिकल उपकरणको उत्पादन, ढुवानी र जडान कार्यमा ढिलाई गर्दा आयोजना निर्माणमा ढिलाई भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो । आयोजनाले पेनस्टक पाइपमा एक्स्पान्सन ज्वाईन्ट पाईको सट्टा अर्को पाईप राखी विद्युत उत्पादन गर्ने प्रवक्ता न्यौपानेको भनाई छ ।

४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना २०६७ भदौबाट निर्माण सुरुभएको थियो । आयोजना निर्माणमा ढिलाई हुँदा कुल ३५ अर्व अनुमान गरिएको लागत बढेर ४९ अर्ब २९ करोड पुगेको छ । उक्त लागत निर्माण अवधिको व्याज बाहेक हो ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…

सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेकपा भंग

काठमाडौं,फाल्गुन २५ । सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ। आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी…