केदार न्यौपानेले ल्याए मौलिक गीत “गुम्बेसिकी माई”

काठमाण्डौ पौष १३ ।धेरै युट्युब लक्षित गीतहरु बजारमा आइरहंदा आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ जुर्मुराउने कालाकार पनि घटेका छैनन् भन्ने उदाहरण सहित लोक दोहोरी गायक तथा सर्जक केदार न्यौपानेले पछिल्लो समय आफ्नै प्रस्तुतिमा लोक दोहोरी गीत “गुम्बेसिकी माई” बोलको गीत लिएर आएका छन् । उनले यस अघि पनि अब बिहे गर, ३३ किलो सुन, मायाको तड़प, लगाएतका धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

केदारको पछिल्लो समय बजारमा आएको गीत “गुम्बेसिकी माई” बोलको गीतमा केदार न्यौपाने र रिता बराल पौडेलको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना पनि गायक स्वयम् ले गरेका छन् । गीतमा संगीत संयोजन रामकृष्ण थापाको रहेको छ । निकै जोसिलो र मौलिक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रदिप रोका, आयुष्मा कार्की, दुर्गा के.सी र समिर बरालको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन रामकृष्ण कंडेल र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

aawash steels

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…