स्वारेज अगाडि नै बार्सा छाड्न चाहन्थे, अब क्लबका लागि उपाधि जित्न चाहन्छुः मेस्सी

काठमाडौं, पुस १३ ।बार्सिलोनाका कप्तान स्टार फरवार्ड लियोनल मेस्सीका सबैभन्दा मिल्ने खेल सहपाठी लुइस स्वारेजले यसै सिजनको सुरुवातमा क्लब छाडेका थिए।

बार्साले स्वारेजलाई एथ्लेटिको मड्रिडमा बेचेको थियो। मेस्सीले त्यसबेला स्वारेजलाई क्लबले बेचेकोमा असन्तुष्टि व्यक्त गरेका थिए।

तर मेस्सीले लुइस स्वारेजले क्लब छाड्न अगाडि नै आफूलाई बार्सा छाड्ने इच्छा भएको बताएका छन्।

यस सिजन सुरुवात हुनुभन्दा अगाडिदेखि नै मेस्सीले बार्सा छाड्ने विषयमा क्लबसँग कुरा गरेका थिए। कोरोना प्रकोपका कारण मेस्सीले क्लब छाड्ने अवधिभन्दा पछाडि मात्र क्बल छाड्ने बताएपछि मेस्सीले फ्रि–ट्रान्सफरमा क्लब छाड्न पाएनन्।

७०० मिलियन युरो रिलिज क्लज भएका कारण मेस्सीलाई अनुबन्ध गर्न कुनै क्लबले आँट गरेन। मेस्सीलाई यतिबेला आगामी सिजन पीएसजी र म्यानचेस्टर सिटीले खरिद गर्न चासो देखाएको छ।

तर यतिबेला मेस्सीले बार्सिलोना छाड्ने या नछाड्ने विषयमा कुरै गर्न चाहेनन्।

उनले आफूलाई अहिले क्लब छाड्ने विषयमा भन्दा पनि क्लबलाई उपाधि कसरी दिलाउने भन्ने चिन्ता भएको बताएका छन्। मेस्सीले उपाधिहरु जित्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको स्पेनिस टेलिभिजन ला सेक्स्टासँग बताएका हुन्।

उने टेलिभिजनसँग क्बल यतिबेला धेरै खराब अवस्थामा भएको र क्लब फेरि पुरानै लयमा फर्कन समय लाग्ने पनि बताए। यसअघि क्लब छाड्ने इच्छा व्यक्त गर्दा क्लबका प्रमुखले आफूलाई खलपात्रको रुपमा हेरको मेस्सीको भनाइ छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…