
विश्वकुख्यात गुन्डा नाइके दाउद इब्राहिमका सहयोगी माजिद कुट्टी २४ वर्षपछि गिरफ्तार भएका छन्।
भारतको आतंकवादविरुद्धको टोली एटीएसले माजिदलाई आइतबार पक्राउ गरेको हो। उनलाई भारतको झारखण्डस्थित जमसेदपुरबाट पक्राउ गरिएको समाचार संस्था एएनआईले जनाएको छ।
सन् १९९७ को भारतको गणतन्त्र दिवसको अवसरमा गुजरात र महाराष्ट्रमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रममा बम बिस्फोट भएको थियो। उक्त बम बिस्फोटको घटनामा माजिद संलग्न भएको समाचार संस्था एएनआईको भनाइ छ।
A Gujarat ATS team on Saturday arrested Dawood’s aide Abdul Majeed Kutty from Jamshedpur, Jharkhand. He was involved in a case related to explosives sent by Dawood Ibrahim at behest of a Pakistani agency to carry out bomb blasts in Gujarat & Maharashtra on Republic Day in 1997 pic.twitter.com/se7Aa2d0tV
— ANI (@ANI) December 27, 2020
पछिल्लो २४ वर्षयता भारतीय प्रहरीले उनलाई खोजी गरिरहेको थियो। पहिचान लुकाउँदै माजिद विभिन्न स्थानमा बस्दै आएका थिए।
अधिकारीहरुका अनुसार माजिद मलेसिया र दुबई नक्कली पासपोर्ट मार्फत गइरहन्थे। हाल जमसेदपुरमा उनी नाम परिवर्तन गरेर डेढ वर्षयता बसिरहेका थिए। उनले आफ्नो नाम कलाम राखेका थिए।